पुस ८, २०७२- चीन सरकारको अनुदान सहयोगस्वरूप प्राप्त खाद्यवस्तु र इन्डक्सन चुलोलगायत सामग्री राजधानीका गोदाममा थन्काइएका छन् । ती सामग्रीहरू खाद्य संस्थान र नेसनल टेड्रिङ लिमिटेडमा थन्काइएका छन् ।
मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारणले कालोबजारीको मार खेप्न बाध्य सर्वसाधारणका लागि चीनले चामल, तेललगायत खाद्यवस्तु र इन्डक्सन चुलो सहयोग गरेको हो । ती सामग्रीहरू सरकारले सहुलियत मूल्यमा बेच्ने योजना बनाएको छ । संस्थान र लिमिटेडले भने प्रक्रिया पुर्याउन ढिलाइ गरेकाले सर्वसाधारणसम्म पुग्न नसकेको हो । पुस २ र ३ मा रसुवाको केरुङ नाका हुँदै करिब ३ सय क्विन्टल चामल, ५३ ड्रम (१० हजार लिटर खाद्य तेल), १ सय क्विन्टल नुन र १३ सय थान इन्डक्सन चुलो ल्याइएको थियो ।
प्राप्त खाद्यवस्तु सर्वसाधारणलाई वितरणका लागि गुणस्तर परीक्षण, प्याकिङ, मार्किङलगायत कार्यहरू गर्न बाँकी छ । त्यस्तै खाद्यवस्तु र इन्डक्सन चुलोको मूल्य पनि निर्धारण हुन नसकेकाले वितरणमा केही ढिलाइ भएको संस्थान स्रोतले बतायो । परीक्षण नियन्त्रणका लागि खाद्य तेल र नुनको हकमा नापतौल तथा गुणस्तर विभाग, चामलको खाद्य संस्थान अन्तर्गतको गुणस्तर नियन्त्रण एकाइ र मूल्यको हकमा खाद्य संस्थानको सञ्चालक समितिले निर्णय गरी निर्धारण गर्नेछ ।
खाद्य संस्थान केन्द्रीय कार्यालयका सहायक महानिर्देशक एवं प्रवक्ता श्रीमणिराज खनालले प्राप्त सामग्रीको गुणस्तर परीक्षणका लागि नापतौल तथा गुणस्तर विभागमा पत्र पठाइसकेको बताए । ‘तर विभागले परीक्षणका लागि नुन र तेलको नमुना लिन आएको छैन,’ उनले भने, ‘चामलको परीक्षणका लागि हामीले तयारी गरिसकेका छौं ।’ उनका अनुसार नुनमा खासै समस्या नभई तेलको परीक्षणका लागि केही समय लाग्ने बताए । ‘एकदुई दिनभित्रै सम्पूर्ण प्रक्रिया पुर्याई बिक्री वितरण थालिने छ,’ उनले भने ।
नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले खाद्य संस्थानले पठाएको पत्रबारे आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । ‘पत्रबारे मलाई केही जानकारी नै छैन,’ उनले भने ।
त्यस्तै इन्डक्सन चुलो वितरणको जिम्मा पाएको नेसनल ट्रेडिङ लिमिटेडका महानिर्देशक सत्यनारायण मेहताले सर्वसाधारणलाई बिक्री वितरणका लागि मूल्य निर्धारण गर्न वाणिज्य विभागमा पत्र पठाइसकेको बताए । ‘मूल्य निर्धारणका लागि समिति गठन भएको छ,’ उनले भने, ‘निर्णय भएपछि एक/दुई दिनमै वितरण गरिने छ ।’
गुणस्तर परीक्षण, मूल्य निर्धारणलगायत सम्पूर्ण प्रक्रिया सकेपछि सर्वसाधारणका लागि नख्खुस्थित गोदाम र थापाथलीस्थित धान गोदामबाट वितरण गरिने छ । चीन सरकारले गत वर्ष वितरण गरेको सहयोग अनुदान खाद्यवस्तु पनि केही समय यसरी नै थन्किएको थियो । गत वर्ष खाद्य संस्थानले मधेसस्थित विभिन्न कार्यालयबाट ८० हजार क्विन्टल चामल, सिमी, गहुँलगायत खाद्यान्न आपूर्ति गरेकामा यस वर्ष ठप्प छ ।
हाल गोदाममा स्टक भएको पुरानो चामल वितरण भइरहेको खाद्य संस्थान अञ्चल कार्यालय प्रमुख मोहनप्रकाश चन्दले बताए । ‘४० हजार क्विन्टल खाद्यान्न स्टकमा छ,’ उनले भने, ‘त्यही वितरण गरिरहेका छौं ।’ उनका अनुसार पेट्रोल, डिजेललगायत इन्धन अभावका कारणले डिलरहरूले खाद्यवस्तु खरिद गर्न आएका छैनन् । ‘सर्वसाधारणलाई खाद्य संस्थानका गोदामहरूमा आएर सहुलियत मूल्यमा खाद्यवस्तु किन्न आग्रह छ,’ उनले भने, ‘दैनिक १ सय क्विन्टलसम्म खाद्यान्न बिक्री वितरण हुनेमा अहिले ठप्प छ ।’ खाद्य संस्थानमा अहिले अरुवा मोटा चामल, ब्राउन सोना मन्सुली, उसिना सोना मन्सुली चामल सकिएको छ ।

No comments:
Post a Comment