Wednesday, December 30, 2015

तेल तस्करीमा दुधकाे ट्याङकर

पुस १५, २०७२- दुध बोक्ने ट्यांकरलाई प्रहरीले आज विहान तेल लोड गर्दा गर्दै झापाबाट नियन्त्रणमा लिएको छ ।  
सिपाघाट दुग्ध उत्पादक सहकारी संस्था काभ्रेले भाडामा लिएको बा३ख २३७४ नम्बरको ट्यांकरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले डिजेल लोड गर्दागर्दै मेचीनगर ११ प्यारीभिट्टा क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार ट्यांकरमा २ हजार लिटर डिजल लोड भइसकेको थियो ।

प्रहरीले ट्यांकरसहित चालक काभ्रे नयाँ गाउँका ३० वर्षीय हरिप्रसाद बजगाई र ट्यांकर धनि कृष्ण प्रसाद तिम्सिनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।


प्रकाशित: पुस १५ 



 

No comments:

Post a Comment