:हिउँद कविता २०१५ मार्फत दक्षिण कोरियाको चिसो मौसममा नेपाली साहित्यअनुरागीहरुको बहस र बाचनले थेगु शहरलाई गरामगरम बनायो ।
कोरियाका सबै क्षेत्रबाट उपस्थित साहित्यअनुरागीहरुको बाक्लो उपस्थितिले आइतबार थेगु साहित्यमय बनेको थियो ।
सोल :हिउँद कविता २०१५ मार्फत दक्षिण कोरियाको चिसो मौसममा नेपाली
साहित्यअनुरागीहरुको बहस र बाचनले थेगु शहरलाई गरामगरम बनायो ।
कोरियाका सबै क्षेत्रबाट उपस्थित साहित्यअनुरागीहरुको बाक्लो उपस्थितिले आइतबार थेगु साहित्यमय बनेको थियो ।
नेपाली साहित्य समाज दक्षिण कोरिया र अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्यप्टरले आयोजना गरेको बहस र बाचनमा साहित्यकर्मीले नेपाली साहित्यको बर्तमान अवस्था र डायस्पोरा साहित्यका बारेमा विचारणीय खुला बहस गरे ।
सय भन्दाबढी भेला भएको कार्यक्रममा साहित्य अनुरागीहरुले कविता, गजल, मुक्तक र गीतहरु प्रस्तुत गरे । भूकम्प, नाकाबन्दी, छिमेकी देश, देशको बर्तमान परिवेशका पीडाहरु आफ्ना रचनाहरु मार्फत प्रस्तुत भएका थिए ।
साहित्यकार रमेश सायनको कविता आमाको देश प्रस्तुत गरिँदा कार्यक्रम हल नै
सुनसान बन्यो । सायनको उक्त कविताले परदेश भएका सबैको मन छोयो ।
अर्का साहित्यानुरागी सन्तोष पौड्याल राता फूलहरु शीर्षकको कबितामार्फत झुल्किए । पौड्यालको कविता जनकपुरमा राष्ट्रपति बिद्या भण्डारीलाई गरिएको दुर्ब्यबहारप्रतिको आक्रोश थियो ।
नवपुस्ता बिस्तारै श्रृंगारिक गजलतर्फ आकर्षित भएको कार्यक्रममा प्रस्तुत भएका गजलमार्फत देखियो ।
युवा साहित्यानुरागी देबसागरले मिठो लयमा श्रृंगारिक गजल बाचन गरे । अर्का नवप्रतिभा ओखलढुंगाका जितेन्द्र बानियाँले लयात्मक कविताको साथमा कोरियन भाषामा लेखिएको उनको कविता पनि सुनाए ।
प्रमोद सारंग र खगेन्द्र पराजुलीले मुक्तक बाचन गरे । अधिकांश नवप्रतिभाहरु रहेको साहित्यिक माहोलमा सूर्य खत्री घायल, बिदुर शर्मा, निश्चल नबिन, डी आर अटु, अज्ञात पाल्पाली लगायत अन्य तीन दर्जन भन्दा भन्दा बढी साहित्यानुरागीले आफ्ना रचना बाचन गरेका थिए ।
कबि तुलसी दिवसले नेपालदेखि फोन सम्पर्कमा शुभकामना मन्त्यब्य दिएका थिए । उनले कविता बाचनपछि मात्रै पूर्ण हुने शुभकामना सन्देशमा ब्यक्त गरे ।
कार्यक्रमको पहिलो सेसनमा नेपाली साहित्यको बर्तमान अवस्था र डायस्पोरा साहित्यबारे भएको बहसमा उठेका प्रश्नहरुको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्यप्टरका उपाध्यक्ष प्रमोद सारंग र साहित्यकार रमेश सायनले जवाफ दिएका थिए ।
सायनले विदेशमा लेखिएको नेपाली साहित्यलाई डायस्पोरा साहित्य भन्न नसकिने धारणा राखे । साहित्यानुरागी सन्तोष पौड्यालले छन्द कवितामाथि गद्य कविता बर्तमानमा बढी हाबी देखिएको प्रति चिन्ता ब्यक्त गरे ।
साहित्यकार जीवन खत्रीको शालीन र आकर्षणयुक्त उद्धघोषणले साहित्यिक कार्यक्रम अझ रोचक बनेको थियो । हिउँद कविता २०१५, बहस र बाचन अहिलेसम्मकै बृहत र सफल भएको भन्दै नेपाली साहित्य समाज दक्षिण कोरियाकी अध्यक्ष कल्पना राईले सन्तुष्टि जनाइन् ।
मुख्य समाचार
-
पानीको मुहान खोलिदिन माग गर्दै सीडीओ कार्यालय
२०७२ पौष १५ बुधवारसधैं खाने गरेको पानीको मुहान बन्द गरिदिएपछि सरकारलाई हारगुहार गर्... -
थन्क्याइएको कम्बल भूकम्प प्रभावित क्षेत्रमा
२०७२ पौष १५ बुधवारझापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको गोदाममा थन्क्याएर ... -
एउटा भवनमा तीन मन्त्रालयको दाबी
२०७२ पौष १५ बुधवारसिंहदरबारको पश्चिमी गेटबाट भित्र पस्नेबित्तिकै दायाँपट्टि एउटा पु... -
निजी क्षेत्रको तेल बेच्न सरकार बाधक
२०७२ पौष १५ बुधवारसरकारी अनुमतिमा भारतबाट भित्र्याएको इन्धन बिक्री गर्न सरकार नै बा... -
व्यापारीलाई सबा अर्ब 'डिमान्ड चार्ज' मिनाहा गर्ने ...
२०७२ पौष १५ बुधवारभारतीय नाकाबन्दी र मधेस आन्दोलनको मारमा परेको भन्दै सरकारले उद्यो... -
वैचारिक प्रतिस्पर्धाबाट पराजयपछि व्यक्ति हत्या: यु...
२०७२ पौष १४ मंगलवारयुवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले मधेसी दलले राजनीतिक र वैच... -
रोटीबेटीको सम्बन्ध सासूबुहारीमा पुग्यो'
२०७२ पौष १४ मंगलवारउद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले नेपाल भारत सम्बन्...
सर्वाधिक पढिएको
शैली
-
२०७२ पौष १० शुक्रबार
ग्ल्यामर र अभिनय दुवै सशक्त धार
सन् २००९ तिर विभिन्न फेसन शोमा र्याम्प नाप्दा सोनाम श्रेष्ठलाई लाग्थ्यो, 'जीवन यसैमा छ।' र्याम्पक...
No comments:
Post a Comment