Thursday, December 24, 2015

कान्तिपुरकर्मी झालाई कुटपिटको प्रेस युनियनद्वारा भर्त्सना .

पुस १०, २०७२- हिजो विराटनगरमा आन्दोलनका क्रममा तस्बिर खिच्दै गर्दा कान्तिपुरकर्मी अवधेशकुमार झामाथि प्रहरीले गरेको कुटपिटको नेपाल प्रेस युनियनले भर्त्सना गरेको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीले जारी गरेको विज्ञप्तिमा युनियनका केन्द्रिय सदश्यसमेत रहेका झामाथि गरिएको आक्रमणलाई स्वतन्त्र प्रेसको भावना र अस्तित्वमाथिको आक्रमण भनिएको छ ।
स्वतन्त्र तथा भयरहित वातावरणमा समाचार संकलन र समाचार सम्प्रेषणको वातावरण नेपालमा नरहेको सन्देश दिने यस खालका घटना रोक्न आफ्ना मातहतका निकायलाई कडा निर्देशन दिन र स्वतन्त्र प्रेसको अस्तित्वलाई स्विकार्न युनियनले सरकार र आन्दोलरत दलहरुलाई आग्रह पनि गरेको छ । युनियनले कुटपीटमा संलग्न प्रहरीमाथि तत्काल कारबाहीको माग पनि गरेको छ ।


No comments:

Post a Comment