Wednesday, December 30, 2015

कोरियाको चिसोमा नेपाली साहित्यानुरागीको जमघट लिलु डुम्रे | २०७२ पौष १३ सोमबार 729 पटक पढिएको सोल :हिउँद कविता २०१५ मार्फत दक्षिण कोरियाको चिसो मौसममा नेपाली साहित्यअनुरागीहरुको बहस र बाचनले थेगु शहरलाई गरामगरम बनायो । कोरियाका सबै क्षेत्रबाट उपस्थित साहित्यअनुरागीहरुको बाक्लो उपस्थितिले आइतबार थेगु साहित्यमय बनेको थियो । नेपाली साहित्य समाज दक्षिण कोरिया र अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्यप्टरले आयोजना गरेको बहस र बाचनमा साहित्यकर्मीले नेपाली साहित्यको बर्तमान अवस्था र डायस्पोरा साहित्यका बारेमा विचारणीय खुला बहस गरे । सय भन्दाबढी भेला भएको कार्यक्रममा साहित्य अनुरागीहरुले कविता, गजल, मुक्तक र गीतहरु प्रस्तुत गरे । भूकम्प, नाकाबन्दी, छिमेकी देश, देशको बर्तमान परिवेशका पीडाहरु आफ्ना रचनाहरु मार्फत प्रस्तुत भएका थिए । साहित्यकार रमेश सायनको कविता आमाको देश प्रस्तुत गरिँदा कार्यक्रम हल नै सुनसान बन्यो । सायनको उक्त कविताले परदेश भएका सबैको मन छोयो । अर्का साहित्यानुरागी सन्तोष पौड्याल राता फूलहरु शीर्षकको कबितामार्फत झुल्किए । पौड्यालको कविता जनकपुरमा राष्ट्रपति बिद्या भण्डारीलाई गरिएको दुर्ब्यबहारप्रतिको आक्रोश थियो । नवपुस्ता बिस्तारै श्रृंगारिक गजलतर्फ आकर्षित भएको कार्यक्रममा प्रस्तुत भएका गजलमार्फत देखियो । युवा साहित्यानुरागी देबसागरले मिठो लयमा श्रृंगारिक गजल बाचन गरे । अर्का नवप्रतिभा ओखलढुंगाका जितेन्द्र बानियाँले लयात्मक कविताको साथमा कोरियन भाषामा लेखिएको उनको कविता पनि सुनाए । प्रमोद सारंग र खगेन्द्र पराजुलीले मुक्तक बाचन गरे । अधिकांश नवप्रतिभाहरु रहेको साहित्यिक माहोलमा सूर्य खत्री घायल, बिदुर शर्मा, निश्चल नबिन, डी आर अटु, अज्ञात पाल्पाली लगायत अन्य तीन दर्जन भन्दा भन्दा बढी साहित्यानुरागीले आफ्ना रचना बाचन गरेका थिए । कबि तुलसी दिवसले नेपालदेखि फोन सम्पर्कमा शुभकामना मन्त्यब्य दिएका थिए । उनले कविता बाचनपछि मात्रै पूर्ण हुने शुभकामना सन्देशमा ब्यक्त गरे । कार्यक्रमको पहिलो सेसनमा नेपाली साहित्यको बर्तमान अवस्था र डायस्पोरा साहित्यबारे भएको बहसमा उठेका प्रश्नहरुको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्यप्टरका उपाध्यक्ष प्रमोद सारंग र साहित्यकार रमेश सायनले जवाफ दिएका थिए । सायनले विदेशमा लेखिएको नेपाली साहित्यलाई डायस्पोरा साहित्य भन्न नसकिने धारणा राखे । साहित्यानुरागी सन्तोष पौड्यालले छन्द कवितामाथि गद्य कविता बर्तमानमा बढी हाबी देखिएको प्रति चिन्ता ब्यक्त गरे । साहित्यकार जीवन खत्रीको शालीन र आकर्षणयुक्त उद्धघोषणले साहित्यिक कार्यक्रम अझ रोचक बनेको थियो । हिउँद कविता २०१५, बहस र बाचन अहिलेसम्मकै बृहत र सफल भएको भन्दै नेपाली साहित्य समाज दक्षिण कोरियाकी अध्यक्ष कल्पना राईले सन्तुष्टि जनाइन् । अन्नपूर्ण पोस्ट्को मा जोडिनुस् । मोबाइलका लागि र बाट एप डाउनलोड गर्नुस् । How To Look More Attractive? That's Why Conventions Are Always Crowded Cute Girls And Boys With Glasses The 100 Most Epic Cosplay Costumes What Girls Should Do To Become Real Cheerleaders Mindblowing Collection Of Cosplay Photos मुख्य समाचार पानीको मुहान खोलिदिन माग गर्दै सीडीओ कार्यालय २०७२ पौष १५ बुधवार सधैं खाने गरेको पानीको मुहान बन्द गरिदिएपछि सरकारलाई हारगुहार गर्... थन्क्याइएको कम्बल भूकम्प प्रभावित क्षेत्रमा २०७२ पौष १५ बुधवार झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको गोदाममा थन्क्याएर ... एउटा भवनमा तीन मन्त्रालयको दाबी २०७२ पौष १५ बुधवार सिंहदरबारको पश्चिमी गेटबाट भित्र पस्नेबित्तिकै दायाँपट्टि एउटा पु... निजी क्षेत्रको तेल बेच्न सरकार बाधक २०७२ पौष १५ बुधवार सरकारी अनुमतिमा भारतबाट भित्र्याएको इन्धन बिक्री गर्न सरकार नै बा... व्यापारीलाई सबा अर्ब 'डिमान्ड चार्ज' मिनाहा गर्ने ... २०७२ पौष १५ बुधवार भारतीय नाकाबन्दी र मधेस आन्दोलनको मारमा परेको भन्दै सरकारले उद्यो... वैचारिक प्रतिस्पर्धाबाट पराजयपछि व्यक्ति हत्या: यु... २०७२ पौष १४ मंगलवार युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले मधेसी दलले राजनीतिक र वैच... रोटीबेटीको सम्बन्ध सासूबुहारीमा पुग्यो' २०७२ पौष १४ मंगलवार उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले नेपाल भारत सम्बन्... What Ladies Should Do To Get Into Lakers Girls Team laweekly.com See What Happens At Laker Girls Auditions laweekly.com This Is How Laker Girls Are Chosen laweekly.com

No comments:

Post a Comment