Friday, December 25, 2015

शाहरुख खानको नयाँ रुप




 भारतीय चलचित्र नगरीमा किंग खानको उपाधि पाएका नायक शाहरुख खाना नयाँरुपमा देखिएकाछन । यशराज ब्यानरले निर्माण गरेको नयाँ चलचित्र ‘फ्यान’मा बिल्कुलै फरकरुपमा देखिएका हुन । स्टार र फ्यानको कथामा निर्माण गरिएको उक्त चलचित्रलाई मनिश शर्माले निर्देशन गरेका हुन । चलचित्रको टिजर साहरुखको ५० औं जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो । 
चलचित्रमा साहरुखको फ्यानको रुपमा ‘गौरव’ नामका एक पात्रलाई देखाइएको छ । तर, रेड चिल्लीको भीएफएक्सले साहरुखलाई नयाँ लुक्स दिएको छ । साहरुखले यो चलचित्रको भीएफएक्स विश्वमै पहिलो भएको र हलिउडमा पनि नगरिएको बताएका छन् । सन् २०१६ को अप्रिल १५ मा प्रदर्शनमा आउन लागेको चलचित्रको पहिलो टिजरमा स्टार साहरुखलाई देखाइएको थियो भने दोश्रो टिजरमा फ्यान ‘गौरव’लाई देखाइएको हो । यसमा शाहरुख निकै फरकरुपमा देखिएकाछन ।   






No comments:

Post a Comment