Friday, December 25, 2015

बाबु बन्न निखिल काठमाडौमा

काठमाडौं । मुर्म्बईमा बस्दै आएका अभिनेता निखिल उप्रेती काठमाडौं आइपुगेका छन् । कान्छी श्रीमती अभिनेत्री संचिता लुँइटेलको तर्फाट बाबु बन्ने दिन नजिकिएपछि उनी काठमाडौ आएका हुन् । यो समाचार तयार पार्दासम्म काठमाडौमै रहेका निखिल केही दिनमै संचितालाई भेट्न र्सलाही जाँदैछन् । स्रोतका अनुसार संचितालाई लिएर काठमाडौ आउने उनको योजना छ ।
 
संचिता आमा बन्ने भएपछि डेढ महिना यता र्सलाहीस्थित निखिलको घरमा बस्दै आएकी छन् । यता निखिलले जेठी श्रीमती कोपिला उप्रेतीलाई पनि विर्सन सकेका छैनन् । संचिताको हेरचाहको निम्ति मुर्म्बईबाट फर्केका निखिलले पहिलो भेट कोपिलालाई नै दिए । स्रोतका अनुसार अहिले निखिल काठमाडौमा जेठीसँगै बस्दै आएका छन् । कोपिलाले पनि निखिल आफूसँगै भएको बताएकी छन् । 'मेरो श्रीमान मसँगै छ, उहाँ मलाई नै भेट्नु आउनु भएको हो' कोपिलाको भनाई उद्धृत गदै स्रोतले भन्यो । संचिता यही साउनको पहिलो साताभित्र जुम्ल्याहा सन्तानको आमा बन्दैछिन् । यसैले संचिताको स्वास्थ्यप्रति निखिल गम्भीर रहेको स्रोतको भनाई छ ।





No comments:

Post a Comment