Thursday, January 7, 2016

गणेश थापालाई फुटबल प्रेमीहरूले कसरी माफ गर्लान् र ?

मंसिर १४, २०७२-
कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष, एन्फा
२०५२ सालमा गणेश थापा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष हुँदा नेपालको फुटबल सार्कस्तरमा अब्बल थियो । समयक्रमसँगै नेपालको फुटबलको स्तर कमजोर मात्र भएन, फुटबल संरचनाभित्र भ्रष्टाचार र अनियमितताको बाढी नै आयो । ती घटनालाई बाहिर ल्याउने व्यक्तिहरूमध्ये एक थिए— कर्माछिरिङ शेर्पा । आफ्नै संस्थाका अध्यक्षले घोटला गरेका विभिन्न कार्य गोप्य रूपमा पर्दाफास गर्दै आएका एन्फाका उपाध्यक्ष कर्माछिरिङले पछिल्लो समय त्यसको खुलेरै विरोध गर्न थाले । उनकै नेतृत्वमा गठन भएको ‘फुटबल शुद्धीकरण अभियान’ले सरकार, अख्तियार र जनतासम्म राम्रै प्रभाव पार्‍यो । केही अघि गणेश थापालाई फिफाले घुस लिएको आरोपमा १० वर्षसम्म फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेपछि ‘फुटबल शुद्धीकरण अभियान’ नेपालमा मात्र होइन, फुटबलमा चासो राख्ने विदेशी निकायमा पनि चर्चित भएको छ । यही अभियानका प्रमुख कर्माछिरिङ शेर्पासँग साप्ताहिकले गरेको कुराकानी : 

तपाईंहरूले सुरु गर्नुभएको अभियानले सफलता पाएको छ, कस्तो लागिरहेको छ ?
म एन्फाको उपाध्यक्ष भएको १७ वर्ष भयो । सुरुमा गणेश थापाको कार्यशैली बुझ्न एक–दुई वर्ष लाग्यो । म झन्डै १५ वर्षदेखि एन्फाको गतिविधि ठीक भएन, यसको कार्यशैली गलत भयो भनेर लडिरहेको थिएँ । सुरुमा सत्यतथ्य बाहिर ल्याउँदा संस्थालाई अप्ठ्यारो पर्न सक्छ भनेर हामी भित्रभित्रै लड्यौं । उहाँले कार्यशैली सुधार गर्नुको साटो हामीलाई नै गलत ठहर्‍याउन थाल्नुभयो । त्यसपछि हामी बिस्तारै प्रेस, सरकार र अख्तियारतिर धाउन थालेका हौं । अहिले आएर हाम्रो अभियानले सफलता पाएको छ । फुटबल प्रेमीहरू खुसी हुनुहुन्छ ।
यो कुरा पर्दाफास हुन लामो समय लाग्यो, यसले नेपाली फुटबललाई रसातलमा पुर्‍यायो भन्नेहरू पनि छन्, के भन्नुहुन्छ ?
हामीले सबैतिर प्रयास गरेका हौं । संस्थाले गलत काम गरिरहेको छ भनेर गोप्य रूपमा सूचना दिएकै कारण कान्तिपुरले लगातार समाचार प्रकाशन गर्‍यो, अरूले पनि एन्फाको भ्रष्टाचारलाई स्थान दिए, तर उहाँ कति चतुर भने हामीले दिएको सूचना नै गलत हो भन्ने ढंगले प्रस्तुत हुनुहुन्थ्यो । थापामा पत्रकार, राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालय मात्र होइन सरकारलाई समेत प्रभावित पार्न सक्ने खुबी थियो । यही खुबीका कारण उहाँ २० वर्ष अध्यक्ष हुनुभयो । उहाँले आफ्नो पावर प्रयोग गरेर अख्तियारलाई समेत प्रभावित तुल्याउनुभयो । सुरुमा भ्रष्टाचारको मुद्दा नै दर्ता भएन । दर्ता भएपछि त्यसमा लामो समय लाग्यो । उहाँले यति ठूलो गेम खेल्नुभयो कि अख्तियारले समेत क्लिन चिट दियो । अहिले फिफाले कारबाही नगरेको भए उहाँ अझै शिर उठाएर हिँड्नुहुन्थ्यो ।
गणेश थापाले सरकार, खेलाडीदेखि अख्तियारसम्म प्रभावित गर्नुभयो, यो कसरी सम्भव भयो ?
फुटबलको विकासका लागि विदेशबाट करोडौं रुपैयाँ आएको थियो । फुटबल खेल नेपालमा लोकप्रिय छ । यहीँ पनि टिकट बिक्रीबाट पनि लाखौं रुपैयाँ जम्मा हुन्थ्यो । त्यसबाहेक प्रायोजक कम्पनीबाट साढे ४ करोड रुपैयाँ आएको देखिन्छ । तीमध्ये कति फुटबलमा खर्च भयो, त्यो नै थाहा छैन । यसको अर्थ उक्त पैसामध्ये ठूलो रकम मानिसहरूलाई मिलाउन प्रयोग हुन्थ्यो । एन्फामा आर्थिक नियमावली नै छैन । हामीले आर्थिक नियमावली बनाएर त्यही अनुसार रकम खर्च गरौं भनेर आवाज उठाउँदै आएका थियौं, तर एन्फाभित्र उहाँका मानिस धेरै थिए । आफूलाई मन नपरेको मानिसलाई कारबाही गर्ने र आफ्ना मान्छे भर्ती गर्ने, विदेश पठाउने, विभिन्न किसिमका सुविधा दिने कारणले हामी दुई–चार जनाले मात्र नियामावली बनाउने, उहाँलाई हटाउने जस्ता नीतिगत निर्णय गर्न सकेनौं, त्यसैले उहाँलाई चलखेल गर्न सजिलो भयो । कति पैसा कहाँ गयो, कसरी गयो, त्यसको हिसाब राख्नुपर्ने जरुरी भएन ।
तपाईंको समूहभित्र को–को थिए ?
वियनारायण मानन्धर, किशोर राई र पंकजविक्रम । उहाँलाई चुनौती दिन गीता राणाको अध्यक्षतामा अर्को संस्था खोल्यौं तर अन्तर्राष्ट्रिय रूपमा देशको खेललाई नै अप्ठ्यारो पर्ने अवस्था आएपछि एकीकरण गर्न बाध्य भयौं । अर्को कुरा बाहिर बसेर उहाँका गलत क्रियाकलाप बाहिर ल्याउन सकिँदैनथ्यो । एन्फाभित्र ७२ जना सदस्यमध्ये ५० देखि ५८ जनालाई उहाँ सधैं पकेटमा राख्न सफल हुनुभयो । उहाँका पक्षमा सधैं दुईतिहाइ मत पुग्थ्यो ।
यही बेला म्याच फिक्सिङ गरेर खेलाडीहरूले लाखौं कमाएको कुरा बाहिर आयो । यसमा एन्फा पदाधिकारीहरूको मिलोमतो हुन सक्छ ?
खेलाडीहरूले मात्रले यति ठूलो अपराध गर्न सक्दैनन् । युवा खेलाडीहरू आफ्नो करियर बनाउन चाहन्छन् । उनीहरूलाई खेल राम्रो खेल्नुबाहेक एन्फासँग नजिक हुन मन लाग्छ । यस अर्थमा यसमा एन्फा पदाधिकारीहरू पनि संलग्न हुनुपर्छ भन्ने हाम्रो ठहर छ । सिंगापुरका एक जना व्यापारीले फिक्सिङको अपराध गरेका कारण जेल सजाय पाएका थिए । ती व्यक्तिले खेल पत्रकारहरूको सहयोगमा जेलमै बसेर ‘केलोङ किङ’ शीर्षकको आत्मकथा लेखे । त्यो पुस्तकमा विश्वभरि कसरी म्याच फिक्सिङ हुन्छ भन्ने कुरादेखि नेपालका खेलाडीहरूले कसरी र कहाँ–कहाँ त्यस्तो अपराध गरे भन्ने कुरा उल्लेख गरिएको छ । अनुसन्धानहरूले पनि नेपाली खेलाडीहरूले २३ वटा खेल पैसा लिएर हारेको देखाएका छन् । विश्वप्रसिद्ध खेल साइटको स्पोर्ट राडरको डाटाले पनि उक्त कुरा पुष्टि गरेको छ । यति ठूलो कुरा पदाधिकारीहरूलाई थाहा भएन, उनीहरूको संलग्नता थिएन भन्ने कुरा कसरी पत्याउने ?
यी अपराधबाहेक गणेश थापाविरुद्ध करोडभन्दा बढी घूस खाएको आरोप लागेको थियो । यही आरोपमा उनी निलम्बनमा पनि परे । यस विषयमा तपाईंको भनाइ के छ ?
सबै कुरा पत्रपत्रिकाहरूमा आइसकेको छ । उहाँको छोराको खातामा १ करोड र उहाँको खातामा १ करोड १५ लाख रुपैयाँ आएको पुष्टि भैसकेको छ । उहाँले फिफामा जोसँग पैसा लिनुभएको थियो, उसैलाई भोट दिएको पनि पुष्टि भैसकेको छ । हुन त उक्त रकम फुटबलका लागि सापटी लिएको भनेर थापाले आफ्नो बचाउ गर्नुभएको छ । फुटबलका लागि हो भने त्यो पैसा किन एन्फाको खातामा आएन, उहाँकै छोरा र उहाँको नाममा किन आयो ? यसमा थप कुरा भन्नुपर्छ जस्तो लाग्दैन । गणेश थापा र उनको समूहलाई फुटबलप्रेमीले कसरी माफ गर्लान् र ?
अन्तर्राष्ट्रिय खेलहरूमा उमेर समूहभन्दा बढी उमेरका खेलाडीहरू पठाइएको आरोप पनि छ, के भन्नुहुन्छ ?
आरोप होइन, पुष्टि नै भैसकेको छ । यसमा खेलाडी छनौट गर्नेदेखि एन्फा पदाधिकारीसम्म
संलग्न छन् । यो देशमा सरकार छ, यो देशमा कानुन छ र यसले देशको बेइज्जत गर्‍यो भन्ने लाग्छ भने यी सबै अपराध गर्नेहरूलाई दण्ड हुनेछ भन्ने आशा गर्छु । सम्पूर्ण फुटबलप्रेमीहरूले पनि खोजेको त्यही हो । हिजो फुटबल कहाँ थियो ? हामीले भारतलाई समेत जितेका थियौं । दक्षिण एसियामा अब्बल र एसियामा पनि माथिल्लो र्‍याङ्कमा पुगिसकेका थियौं, आज अन्तर्राष्ट्रिय बेइज्जत भएको छ । अब कुन आशाले फुटबल हेर्न जान्छन् दर्शकहरू ? जुन खेलाडीको खेल हेर्न हामी मरिहत्ते गथ्र्यौ, त्यही खेलाडीले प्रशंसकहरूको विश्वासलाई लत्याउँदै र देशकै खेलको बेइज्जत गर्दै आज जेल जानुपर्ने अवस्था आयो । फुटबललाई स्वच्छ बनाउन पनि यी सबै किसिमको अपराध गर्नेहरूले सजाय पाउनुपर्छ ।
तपाईंको शुद्धीकरण अभियान करिब–करिब पूरा भयो । अब नयाँ बाटो कोर्न तपाईंहरूको समूह सक्षम हुन्छ ? तपाईंहरूलाई एन्फाका अन्य पदाधिकारीहरूले साथ दिन्छन् ?
एन्फा अहिले ४५ जिल्लामा सक्रिय छ । तीमध्ये २२ जिल्ला हाम्रो शुद्धीकरण अभियानमा छन् । ए डिभिजनका १० क्लबमध्ये ७ वटा क्लब पनि हाम्रो अभियानमा छन् । यसरी सिधै हाम्रो बहुमत देखिन्छ । गल्ती नगर्ने वा परिबन्दमा पर्नेहरूले पनि हामीलाई साथ देलान् । जो गलत छ, उहाँहरूको त हामीले विरोध गरेकै हो । उहाँहरूलाई कानुनले समात्छ । अब फुटबलको विकास नहुने कुनै कारण छैन ।
यतिबेला फुटबलका फ्यानहरू निराश छन् । उनीहरूलाई फुटबलले गति लिन्छ भन्ने विश्वास दिलाउने आधार के–के हुन् ?
हाम्रो शुद्धीकरण अभियानले धेरै कुरा संकेत गर्छ । त्यसमा पनि हामी व्यवसायिक फुटबलमा लागिरहेका छौं । ग्रासरुटदेखि नै काम गर्छौं । हरेक जिल्लामा उमेर समूहका खेलाडी उत्पादन गछौं । ती सयौं खेलाडीबाट राम्रा खेलाडी छान्दै जान्छौं । एन्फामा आएको सबै रकम पारदर्शी ढंगले खर्च गर्छौं । यहाँभित्रका विकृति–विसंगतिहरूलाई जरैदेखि निर्मूल गर्छौं । यति भएपछि केही वर्षभित्रै नेपाली फुटबलले २० वर्षअघिको लय पक्रन्छ ।

आरोपको भूमरीमा रेखा

कार्यक्रममा सहभागी हुन १ लाख लिएर पनि नगएको भन्दै आयोजकले खोटाङ प्रहरीमा ठगी मुद्दा हालेको कुरा आएपछि गत साता रेखा थापा चर्चामा आइन् ।
स्थानीय सगरमाथा जनसेवा समाजले आयोजना गर्ने भनिएको कार्यक्रममा सहभागी हुन दुई महिनाअघि रेखाको खातामा १ लाख रुपैयाँ जम्मा गरिदिए पनि उनले अन्तिम समयमा आउँदिनँ भनेको आरोप लागेपछि आयोजकले स्थानिय प्रहरीमा मुद्धा जाहेर गरेको बताइयो ।
रेखाले उनलाई कार्यक्रममा बोलाउने आयोजकहरूसँग आफ्नो परिचय नै नभएको र उजुरी हाल्ने प्रकाश पुरी भन्ने व्यक्तिले आफूलाई फसाउन खोजेको बताउँदै आरोपको खण्डन गरिन् । उनले एक अनलाइन पत्रिकालाई भनिन्– ‘सम्झौता नै नभएको अवस्थामा म कसरी कार्यक्रममा जान सक्छु । सम्झौता गरौं भन्दा उसले पहिले बैंकको खाता नम्बर दिनुस्, अनि मान्छे पठाइदिउँला भन्यो । पछि पैसा हालिदिएको रहेछ । उसलाई म आउँदिनँ भन्ने थाहा थियो । कार्यक्रमभन्दा एक दिनअघि मलाई फोन गर्दा म आउन सक्दिनँ भनेकी थिएँ ।’ फेसबुक च्याटमा पनि रेखाले आयोजकहरूलाई आफूलाई इरिटेड नगर्न अनुरोध गरेकी थिइन् । रेखाको कडा प्रतिवादपछि अन्तत: आरोप लगाउने आयोजकलाई माहुरीको गोलामा हात हालेको अनुभूति भएछ क्यार, उनीहरूले रेखासँग माफी नै मागेपछि कुरा मिलेको बताइएको छ । 




विदेशमा अध्ययन : रोजगारमुखी शिक्षा, आकर्षक जीवनशैली

मंसिर २३, २०७२-
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने चाहना प्राय: सबै विद्यार्थीमा हुन्छ । आफ्नो क्षमता र आर्थिक हैसियतले भ्याएसम्म धेरै युवाको रोजाइमा युरोप, अमेरिका तथा एसियाली राष्ट्रहरू पर्छन् । गुणस्तरीय शिक्षा लिन मात्र नभै आधुनिक जीवनशैलीमा रमाउन पनि धेरै युवाले विदेशलाई गन्तव्य बनाउँछन् ।

सुविधासम्पन्न कलेज, व्यवहारिक शिक्षा तथा आधुनिक जीवनशैलीमा रमाउनकै लागि बाग्लुङका पवन पौडेलले पाँच वर्षअघि नै अमेरिकालाई गन्तव्य बनाएका थिए । चार वर्ष म्यानेजम्यान्टको क्लास लिँदै सानोतिनो जागिरमा अल्झिएका पौडेलले यतिबेला कोलोराडोमासाथीहरूसँग मिलेर डिपार्टमेन्टल स्टोर सञ्चालन गरेका छन् । ‘पढाइ सकियो अब यतै स्थापित हुने योजना छ । राम्रोसँग बुझेर आउँदा विदेशमा स्थापित हुन गाह्रो नपर्ने रहेछ’ उनले भने ।

प्लस टुको अध्ययनपछि विदेश जाने र उतै काम गर्दै अध्ययन पूरा गर्ने रहर धेरै विद्यार्थीमा हुन्छ । पछिल्ला वर्षहरूमा आकर्षक जीवनशैली एवं गुणस्तरीय शिक्षाको लोभमा बिदेसिने युवाहरूको संख्या निरन्तर बढिरहेको छ । अभिभावकको इच्छा र विद्यार्थीको लक्ष्यका कारण विदेश भरपर्दो शैक्षिक ‘हब’ बन्दै गएको कुराको पुष्टि विगतका तथ्यांकहरूले पनि गर्छन् । आर्थिक अवस्था राम्रै हुनेले पैसा खर्च गरेर तथा नहुनेले छात्रवृत्तिको माध्यमबाट भए पनि विदेशलाई शैक्षिक गन्तव्य बनाउँदै आएका छन् । शिक्षा मन्त्रालयको तथ्यांकले पनि त्यही बताउँछ । २०६८ साल असार १ देखि ०७१ चैत २० सम्मको तथ्यांक हेर्ने हो भने ‘नो अब्जेक्सन लेटर’ लिनेहरूको संख्या ७७ हजार ७ सय ७४ नाघिसकेको छ । देशभर करिब ५ सय कन्सल्टेन्सी खुलेका छन्, जसमध्ये राजधानीमा मात्र ७५ प्रतिशत कन्सलटेन्सी छन् भने पोखरा, चितवन, विराटनगर तथा बुटवल आदिमा पनि उत्तिकै संख्यामा कन्सलटेन्सी खुलिसकेका छन् । नेपालमा सञ्चालित एजुकेसन कन्सलट्यान्सी व्यवसायीहरूको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ इक्यानमा मात्र २ सय ७७ संस्था आबद्ध छन् ।

विभिन्न तथ्यांकका आधारमा विश्लेषण गर्दा विदेशलाई शैक्षिक गन्तव्य बनाउन चाहने युवाहरूको संख्या तीव्र रूपमा वृद्धि भैरहेको छ । बागबजारस्थित रोहिणी इन्टरनेसलन कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर साम भण्डारी भन्छन्– ‘विदेशमा पढाइ सकेका विद्यार्थीमध्ये अधिकांशले त्यतै रोजगारी पाउँछन्, पढ्दा–पढ्दै ‘पार्ट टाइम जब’ पनि पाइने भएकाले युवाहरूले विदेशमा अध्ययन गर्न सहज मानेका हुन् ।’ भण्डारी भन्छन्– ‘कतिपय विद्यार्थी त विदेशमा राम्रो शिक्षा लिएर स्वदेश फर्की मज्जाले जमेका छन्, आधुनिक जीवनशैली स्वदेशमै भित्राएर उसैगरी रमाइरहेका छन् ।’

विदेश पढ्न जान चाहने विद्यार्थीहरूमध्ये धेरैको रोजाइ युरोप तथा अमेरिका नै हुन्छन् । अस्ट्रेलिया, बेलायत, अमेरिका, फिनल्यान्ड, क्यानाडा, जर्मनी आदि मुलुक मात्र नभै जापान, फिलिपिन्स, सिंगापुर पनि धेरैको रोजाइमा पर्छ । कतिपयले भने डकुमेन्टेसन र भिसा प्रोसेसिङ मिलाउन धेरै झन्झट हुने भन्दै छिमेकी मुलुकहरू भारत, चीन, बंगलादेश पनि रोज्न थालेका छन् । विदेशमा राम्रो र सस्तो कलेज वा विश्वविद्यालय छान्ने मामिलामा भने विद्यार्थीहरूले समस्या बेहोर्दै आएका छन् । सरकारले आफूले मान्यता दिएका विदेशका विश्वविद्यालयहरूको सूची नबनाएकाले यस्तो समस्या हुने गरेको विद्यार्थीहरूको गुनासो छ । कतिपय विद्यार्थी कन्सल्टेन्सीबाटै ठगिने क्रम बढेकाले सरकारले नै नेपालीहरूका लागि उपयुक्त मुलुक, विश्वविद्यालय तथा कलेजहरूको सूची तयार गर्नुपर्ने अभिभावकहरू बताउँछन् ।
विदेश जान न्यूनतम प्रक्रिया
जुनसुकै देश जान पनि न्यूनतम प्रक्रिया पूरा गर्नैपर्छ । शिक्षा मन्त्रालयले उपलब्ध गराउने ‘नो अब्जेक्सन लेटर’ लिएपछि अन्य प्रक्रिया सुरु हुन्छ । नेपाल सरकारको मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्लस टु उत्तीर्ण गरेपछि विदेश पढ्न जान योग्य मानिन्छ । उत्कृष्ट अंक भए प्रक्रिया अघि बढाउन अझ सहज हुन्छ । कतिपय देशले कानुनी प्रक्रियामा केही कडाइ गरेकाले त्यसको पनि सामना गर्न सक्षम हुनुपर्छ । बेलायत, अस्ट्ेरलिया तथा अमेरिकाको भिसा केही कडा बनाइएको छ । अंग्रेजी भाषाका साथै सम्बन्धित देशमा बोलिने भाषाका बारेमा विद्यार्थीले सम्बन्धित परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । त्यसबाहेक आइइएलटीएस, टोफेल, जीआरआई, जीम्याट आदि कोर्ष पनि गरेको हुनुपर्छ । भाषा र कोर्ष पूरा भएपछि सम्बन्धित विश्वविद्यालय वा कलेजले भिसाका लागि अन्तर्वार्ता लिन्छन् । अन्तर्वार्तामा उत्तीर्ण भएपछि भिसा स्वीकृत हुन्छ । त्यसपछि बैंक ब्यालेन्सको प्रक्रिया अघि बढाउनुपर्छ ।
छात्रवृत्तिको व्यवस्था
विदेश पढ्न जाने धेरै नेपाली विद्यार्थीको आर्थिक क्षमता कमजोर हुन्छ । आफूले एप्लाई गरेको कलेजको शुल्क तिर्न गार्‍हो पर्ने भएपछि छात्रवृत्तिका लागि पहल नगरी हुँदैन । नेपाल सरकारलाई दूतावासमार्फत छात्रवृत्ति कोटा त छुट्टयाएको हुन्छ, तर सबैले त्यहाँ पहुँच पुर्‍याउन र छनोट हुन सक्दैनन् । विदेशका विश्वविद्यालय तथा कलेजहरूले समय–समयमा छात्रवृत्तिको आह्वान गरिरहेका हुन्छन् । विभिन्न विषयका लागि फरक–फरक छात्रवृत्ति कोटा निर्धारण गरिएको हुन्छ ।
कुनै कलेजले पूर्ण छात्रवृत्ति दिन्छन् भने कुनैले आंशिक । सम्बन्धित देशका दूतावासमा आवेदन दिएपछि न्यूनतम प्रक्रिया पूरा गरेर छात्रावृत्ति छनोटमा पर्न सकिन्छ । पूर्ण छात्रवृत्ति पाइयो भने अतिरिक्त रोजगारी खोजिरहनु पर्दैन । कतिपय देशले विद्यार्थीलाई खान तथा बस्न पैसा नै उपलब्ध गराउँछन् । सरकारी प्रक्रिया मात्र होइन आफैंले पनि इन्टरनेटमार्फत फारम भरेर छात्रवृत्ति हासिल गर्न सकिन्छ । सम्बन्धित विश्वविद्यालयले मागेको न्यूनतम योग्यता पुगेको छ भने सोझै फारम भरेर छात्रवृत्तिको सुविधा लिन सकिन्छ ।
विषयअनुसार देश छनोट
नेपाली विद्यार्थीहरूले कुन देशमा कुन विषय राम्रो पढाइ हुन्छ त्यहीअनुसार विषय छनोट गर्छन् । युरोप तथा अमेरिकी मुलुकहरूमा नेपालीहरूले चाहेका सबैजसो विषय अध्यापन हुन्छ । नेपाली विद्यार्थीहरूले रोज्ने केही विषय र देश :
अमेरिका : म्यानेजमेन्ट, आइटी, बायो केमेस्ट्री ।
बेलायत : एमबीए ।
अस्ट्रेलिया : म्यानेजमेन्ट, नर्सिङ, आइटी ।
जापान : भाषा, प्राविधिक तथा व्यवसायिक विषय ।
भारत : इन्जिनियरिङ, म्यानेजमेन्ट, प्यारामेडिकल ।
चीन : एमबीबीएस, एयरस्पेस तथा एयरोनोटिकबल इन्जिनियरिङ ।
बंगलादेश : एमबीबीएस, एमपीएच ।
नर्वे : इन्भारामेन्टल साइन्स, नेचुलर साइन्स ।
मलेसिया : हस्पिटालिटी म्यानेजमेन्ट, बिजनेस ।
फिलिपिन्स : मेडिकल, पाइलट, एयरहोस्टेज ।
जर्मनी : इन्जिनियरिङ, मेडिकल, फरेन अफेयर्स, सोसल साइन्स ।
आयरल्यान्ड : आइटी, फाउन्डेसन अफ बिजनेस ।
फिनल्याण्ड : इन्जिनियरिङ, आईटी, एमबीए ।
रुस : एमबीबीएस तथा नर्सिङ ।


http://bit.ly/1m9YniO

भोली प्रदर्शित हुने चलचित्र बागमती

पुस २३, २०७२-
यो साता प्रदर्शनमा आउने नेपाली चलचित्र बागमती तीनवटा कारणले चर्चामा छ । पहिलो, चलचित्र ‘बागमती’मा नेपाली चलचित्रका पुराना दुई नायक शिव श्रेष्ठ र राजेश हमाल धेरैपछि स्क्रिन सेयर गर्दैछन् । दोस्रो, यो चलचित्रमा दक्षिण भारतीय प्राविधिकहरूलाई प्रयोग गरिएको छ । तेस्रो, ‘बागमती’लाई सर्वाधिक लगानी भएको नेपाली चलचित्रका रूपमा प्रचार गरिएको छ ।

राजेश हमाल र शिव श्रेष्ठले पहिले पनि सँगै काम गरिसकेका थिए, धेरै पछि अब ‘बागमती’मा देखिँदैछन् । नेपाली चलचित्र क्षेत्र नयाँ अनुहारले हाँकिरहेका बेला राजेश र शिव प्राय: फुर्सदमै छन् । यसरी उनीहरूलाई एकसाथ हेर्न पाउनुलाई राम्रै मान्नुपर्छ । एकातिर नेपाली प्राविधिकहरूको कार्यक्षमता उत्कृष्ट भएको पुष्टि भैरहँदा भारतीय प्राविधिकले काम गरेको भनी प्रचार हुँदा त्यसले चलचित्रको ख्याति बढाउला र ? चलचित्रको विषय गतिलो हुनुपर्छ, खर्चिलो भन्दैमा चलचित्रले बजार पाउँछ भन्ने ग्यारेन्टी नहुन पनि सक्छ । जे भए पनि राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी जस्ता कहलिएका कलाकारलाई लिएर तयारी पारिएकाले पनि सस्पेन्स पारिवारिक चलचित्र ‘बागमती’ले राम्रो ओपनिङ प्राप्त गर्न सक्छ । 

निर्देशक : सन्नी केरला
संगीतकार : ज्योति घिमिरे/श्याम महर्जन
कलाकार : राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, ध्रुव कोइराला आदि ।
वागमतीको ट्रेलर 


http://bit.ly/1O6iMP1

Thursday, December 31, 2015

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा यसरी संगीतमा झुम्यो ठमेल -

काठमाडौँ, १६ पुस । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१६ को पूर्वसन्ध्यामा स्थानीय प्रमुख पर्यटकीय केन्द्र ठमेलमा साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्ले हरेक वर्ष झँै यस वर्ष पनि आज ठमेलमा आयोजना गरेको विशेष सडक महोत्सवको उद्घाटन गर्दै नेपाली काँग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले अघिल्लो वर्ष मुुलुकले विभिन्न प्रतिकूलता व्यहोर्नुपरेको भए पनि सन् २०१६ उज्जवल रहोस् भनी कामना गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सन् २०१५ जे जस्तो भए पनि नयाँ वर्ष पर्यटन क्षेत्रका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । परिषद्का अध्यक्ष रामशरण थपलियाले मुलुकको पर्यटन क्षेत्रका लागि आकर्षकको केन्द्र मानिने ठमेललाई सेवा सुविधाका दृष्टिमा थप प्रभावकारी बनाउने दृढता व्यक्त गर्नुभयो ।
साङ्गीतिक कायक्रममा सयौँ युवा, विभिन्न पेसाका नागरिकलगायतले मनोरञ्जन लिए । ठमेलका साथै दरबारमार्गलगायत क्षेत्रमा नयाँ वर्षको स्वागतका लागि झिलिमिली बत्तीका साथै विभिन्न कार्यक्रम गरिएको छ । नयाँ वर्ष मनाउने सर्वसाधारणको उत्साहपूर्ण भिड देखिएको छ ।
- See more at: http://www.etajakhabar.com/%e0%a4%85%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%9c%e0%a5%80-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%82/#sthash.DyXEKnw7.dpuf
काठमाडौँ, १६ पुस । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१६ को पूर्वसन्ध्यामा स्थानीय प्रमुख पर्यटकीय केन्द्र ठमेलमा साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्ले हरेक वर्ष झँै यस वर्ष पनि आज ठमेलमा आयोजना गरेको विशेष सडक महोत्सवको उद्घाटन गर्दै नेपाली काँग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले अघिल्लो वर्ष मुुलुकले विभिन्न प्रतिकूलता व्यहोर्नुपरेको भए पनि सन् २०१६ उज्जवल रहोस् भनी कामना गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सन् २०१५ जे जस्तो भए पनि नयाँ वर्ष पर्यटन क्षेत्रका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । परिषद्का अध्यक्ष रामशरण थपलियाले मुलुकको पर्यटन क्षेत्रका लागि आकर्षकको केन्द्र मानिने ठमेललाई सेवा सुविधाका दृष्टिमा थप प्रभावकारी बनाउने दृढता व्यक्त गर्नुभयो ।
साङ्गीतिक कायक्रममा सयौँ युवा, विभिन्न पेसाका नागरिकलगायतले मनोरञ्जन लिए । ठमेलका साथै दरबारमार्गलगायत क्षेत्रमा नयाँ वर्षको स्वागतका लागि झिलिमिली बत्तीका साथै विभिन्न कार्यक्रम गरिएको छ । नयाँ वर्ष मनाउने सर्वसाधारणको उत्साहपूर्ण भिड देखिएको छ ।
- See more at: http://www.etajakhabar.com/%e0%a4%85%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%9c%e0%a5%80-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%82/#sthash.EkvCAN29.dpuf

भूकम्पपीडितलाई लुगा र झोला बाँड्दै राजेश हमाल [फाेटाेहरु]

पुस १६, २०७२- नेपाली फिल्मका महानायक राजेश हमाल भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको गुम्बामा बिहीबार बिहान पुगे । उनलाई हेर्न मेलापात छाडेर गाउँभरीका बुढापाका र बालबालिका भेला भएर बसेका थिए । भूकम्पपीडित बालबालिकालाई ‘हेलम्बु एजुकेसन लाइभलीहुड’का तर्फबाट झोला र शैक्षिक सामाग्री वितरण गर्न उनी पुगेका थिए ।
तस्बिरहरु : मकर श्रेष्ठ

भूकम्पपछि पीडामा रहेका स्थानीयलाई खुसी बाँड्न र विद्यार्थीलाई शैक्षिक सामाग्री बाँड्न भन्दै उनी उत्साहसाथ गुम्बा पुगे । कार्यक्रमको उद्घाटन पनि भिन्न ढंगबाट गरियो । क्यालिङथाङ निम्न माध्यमिक विद्यालय गुम्बा ७ मा भएको कार्यक्रमको उद्घाटनमा उनले बियरको बोतलमा राखेको छयाङ छर्किए । स्थानीयले भने, ‘यो चाहिँ कार्यक्रमको शुद्धिकरण गरेको हो ।’

फिल्ममा मात्रै देखेका हमाललाई आफ्नै गाउँमा प्रत्यक्ष भेट्न पाउँदा गाउँलेहरु निकै खुसी देखिन्थे । उनलाई स्थानीयले चौरीको दुधले स्वागत गरे । हमालले सोधे, ‘यो के हो ?’ स्थानीयले चौरीको दुध भनेपछि उनले फेरि सोधे, ‘याकको हो ?’ गाउँलेले उनलाई याक भाले र चौरी पोथी भएको बुझाएपछि उनले दुख चाखे । उनले फेरि ती महिलालाई प्रश्न गरे, ‘यो दुधमा चिनी हाल्नु भएको हो ?’ महिलाहरुले भनिन्, ‘हैन हजुर यो त पियोर हाम्रै गोठको चौरीको दुध हो ।’

भूकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका स्थानीयको बीचमा उनले फोटो खिचाए । बालबालिकालाई झोला वितरण गरे । विद्यार्थीलाई पढाईमा निरन्तरता दिन हौसाए । आधा घण्टाको बसाईमा दाताले दिएको न्यानो कपडा बालबालिकालाई लगाई दिए । स्थानीयसँग बिदाई हुने बेलामा भीडबाट उनलाई एउटा फिल्मको डाइलग बोल्न आग्रह आएपछि उनले बोले– साथीको लागि यो हात सलाम, दुश्मनका लागि यो हात फलाम ।
हेलिकप्टर चढेर गुम्बा गाबिसकै पाङतान जान हतारमा उनी थिए । तर, स्थानीयले उनलाई लगाइदिन ल्याएको माला र खादा लगाउन पाएकै रहेनछ । बारीको डिलमा राखेको हेलिकप्टर चढ्नै लाग्दासम्म विद्यार्थी र स्थानीयले माला लगाउन दौडेर आइरहेका थिए ।

गुम्बा गाबिसकै पाङताङको अर्को कार्यक्रममा भूकम्प पीडितहरु स्वागतका लागि पर्खिबसेका थिए । भूकम्पले २ सयभन्दा बढी घर भत्किएको यो बस्ती हुँदै सेतीदेवी माविका विद्यार्थीलाई झोला वितरणस्थल पुगे । कक्षाकोठामा छिरेर उनले विद्यार्थीसँग भलाकुसारी गरे ।

भूकम्पपीडित विद्यार्थी र स्थानीयको न्यानो माया पाए पनि उनीहरुको अवस्था दयनीय पाइएको हमालले बताए । ‘रमाइलो गाउँको यात्रा गरियो, तर छाप्रोमा कष्टकर अवस्थामा बस्न मानिसहरु बाध्य रहेछन् । यो चिसोमा गतिलो लुगा पनि रहेनछ । बालबालिकाको अवस्थाले मेरो मन छोयो, दु:ख लाग्यो ।’




http://bit.ly/1YTWqD4

you can open this link about happy new year 2016.

Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo
Image result for happy new year photo