Tuesday, December 29, 2015

प्रमोदको झुमा झुम्कावाली..

https://youtu.be/gkq4sOmjगायक प्रमोद खरेलले आफ्नो नयाँ गीत ‘ओए झुमा झुम्कावाली...’ को म्युजिक भिडियो यूट्युवमार्फत प्रिमियर गरेका छन् । करिव एक महिनासम्म रेडियो कान्तिपुरबाट बजेको उक्त गीत भिडियो सार्वजनिक नहुँदै स्रोताले मन पराइसकेका थिए ।

पछिल्ला सांगीतिक कार्यक्रममा समेत गायक खरेल यही गीत प्रस्तुत गरिरहेका छन् । हालै सम्पन्न बिन्ध्यवासिनी म्युजिक एवार्ड समारोहमा पहिलो पटक काठमाडौंका दर्शकमाझ यो गीत गाउँदा पाएको सकारात्मक प्रतिक्रियापछि उत्साहित भएका गायक प्रमोद खरेल गीतको भिडियो सार्वजनिक भएपछि सांगीतिक कार्यक्रममा यही गीतको डिमाण्ड बढ्न थालेको बताउँछन् ।

शितल कादम्विनीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् । भिडियोमा नायिका प्रियंका कार्की तथा गायक आमिर शेखले अभिनय गरेका छन् । 
ओए झुमा झुम्कावाली...’ को म्युजिक भिडियो



https://youtu.be/gkq4sOmjWXY

No comments:

Post a Comment